7 years ago
January 24, 2019
पोखरा (हाम्रो खेलकुद) – बगर भाई खलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साबिक विजेता समेत रहेको आयोजक बगर भाइ खलक बुटवल भेट्रानसँग पराजित भएको छ ।

बिहिबारको पहिलो खेलमा बगर भाई खलकलाई टाई ब्रेकरमा पाहुना टोली बुटवल संग ५–४ हराउँदै टोली क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
नियमित समयमा आयोजकका लागि प्रेम पुन र बुटवलका तर्फ बाट प्रदिप आचार्यले गोल गरे । पेनाल्टी सुट आउटमा बुटवलका किपर कृष्णमान गौचनले बगर भाइ खलकका यूशुफ श्रेष्ठको प्रहार रोकेपछि साविक वजेताको यात्रा टुंगिएको थियो ।
अर्को खेलमा एनवाइपीले टाइब्रेकरमा संगम भेट्रान पोखरालाई २–० ले हरायो । त्यसअघि खेल निर्धारित समयमा १–१ को बराबरी भएको थियो । एनवाईपीका लागि धनबिर लाल चौधरीले गोल गरेपनि राजन नेपालीले आत्मघाती गोलले खेलमा बराबरी भएको थियो ।
अर्को खेलमा एबिसी पोखराले किङकम स्पोर्ट्स काठमाण्डौलाई १–० ले हरायो । एबिसीका लागि विश्वलाल श्रेष्ठले गोल गरे । भारतको कलकत्ता भेट्रानले हेटौडा भेट्रानलाई ३–० गोलले हराएको छ । कलकत्ताका लागि कमल भूनियाले २ र आलोक दे ले १ गोल गरेका थिए ।
चावहिल भेट्रान काठमाण्डौले फ्रिडम एफसी ललितपुरलाई २–१ गोल अन्तरले पराजित गरेको छ । चावहिलका लागि अजव श्रेष्ठ र उमेश लामाले समान १–१ गोल गरे भने फ्रिडमका लागि बिनोद खडगीले १ गोल फर्काए ।
यसै गरि एक्स पोखरा भेट्रानले चितवन भेट्रानको यात्रालाई १–० गोलले रोकेको छ । एक्स पोखराका लागि कुमार शेरचनले उक्त गोल गरेका थिए । अर्को खेलमा फोर्टी फाउन्डेशन काठमाण्डौले दिप यूनाइटेड पोखरालाई १–० गोलले पाखा लगाएको छ । खेलमा एक मात्र गोल रबिन बञ्जनकारले गरे ।
“आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता” अन्र्तगत शुक्रबार बाट क्वाटरफाइनलका खेलहरु शुरुहुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन ।
“स्वास्थ्यको लागि एक घण्टा ब्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने नाराका साथ प्रतियोगिता २०६८ सालबाट सुरु भएको हो । यसपटक प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको छ । शनिबार सम्म हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]