7 years ago
January 28, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको दुई मिनेट समय बाँकी रहँदा गरेको पेनाल्टी गोलको मदतले इटालियन सिरी ए अन्तर्गत अाइतबार युभेन्टसले लाजियोलाई २-१ ले पराजित गरेको छ ।

खेलमा एक गोलले पछाडि परेको युभेन्टसले अन्तिम १६ मिनेटमा दुई गोल गर्दै लिगमा अपराजित यात्रा कायमै राख्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । युभेलाई जित दर्ता गरे लिगको शीर्षस्थानमा अग्रता बढाउन अवसर पनि थियो ।
तर दोस्रो हाफमा लाजियोले अग्रता लियो । ५९ अौं मिनेटमा इम्रे च्यानले अात्मघाती गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाए । ७४ अौं मिनेटमा जोअाअो क्यान्सलोले बराबरी गोल गर्दै युभेलाई खेलमा फर्काए ।

खेलको दुई मिनेट समय बाँकी रहँदा युभेन्टसले पेनाल्टी मौका पायो । रोनाल्डोले पेनाल्टीमा कुनै गल्ती नगरी सिजनको १७ अौं लिग गोल गर्दै युभेको जित पक्का गरे ।
यस जितसँगै शीर्षस्थानमा युभेले ११ अंकको अग्रता कायम गर्न सफल भएको छ । युभेन्टसले २१ खेलमा ५९ अंक जोड्दा दोस्रो स्थानमा रहेको नेपोलीको ४८ अंक छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]