default_image

7 years ago

January 28, 2019

आर्मी इटहरी गोल्डकपको सेमिफाइलमा

161 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लब मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


सुनसरीस्थित इटहरी रंगशालामा भएको क्वाटरफाइनल खेलमा आर्मीले साविकको विजेता ललितपुरको रुस्लान थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै इटहरी गोल्डकपको अन्तिम चारमा पुग्न सफल भएको हो ।

प्र्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको खेल १–१ को बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा आर्मीले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा आर्मीका भरत खवास, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । दीप लामाको प्रहार बाहरियो ।

थ्रीस्टारका कप्तान विक्रम लामाले मात्रै गोल गर्न सके । रजिन धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही १० हजार रुपैया पाए ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ५८औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । कप्तान खवासले बिबेक बस्नेतको क्रस पासमा भरत हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका थ्री स्टारका बुद्ध चेम्जोङको क्रसलाई डिफेन्डर अनन्त तामाङले ७१औ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यससँगै आर्मीले दुई दिन रुस्लान सिमरा गोल्डकपको फाइनलमा भोगेको हारको बदला लिएको छ । आर्मी थ्री स्टारसँग सडनडेथमा ७–६ ले पराजित भएको थियो ।

अब आर्मीले सेमिफाइनलमा मेत्री नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङको सामना गर्नेछ । विजेताले उपाधिसहित १६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.