7 years ago
February 9, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा आज राति एट्लेटिको मड्रिड र रियल मड्रिडबीच म्याड्रिड डर्बी हुँदैछ । खेल नेपाली समयअनुसार राति ९ बजेपछि एट्लेटिकोको घरेलु मैदानमा हुदैछ ।

ला लिगामा बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ पछि ‘मड्रिड डर्वी’ लाई पनि निकै महत्वका साथ हेरिने गर्दछ । ला लिगाको दोस्रो र तेस्रो स्थानमा रहेको यि दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
रियल घरेलु टोलीलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । रियलले जित दर्ता गरे एट्लेटिकोलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लने छ । समान खेलबाट एट्लेटिकोको ४४ तथा रियलको ४२ अंक रहेको छ ।
निकै नै खराव प्रदर्शनबाट गुज्रिरहेको रियलले पछिल्ला पाँच खेलमा भने हार बेहोर्नुपरेको छैन । कोपा डेल रे अन्तरगत गत बिहीबार राति शीर्षस्थानमा रहेको बार्सिलोनालाई १–१ को बराबरीमा रोक्न सफल रियल निकै आत्मविश्वासी देखिएको छ । रियलमा युवा खेलाडी भिनिसियस जुनियर, करिम बेन्जेमा र खलुका मोड्रिचले उच्च प्रदर्शन गरिरहँदा ग्यारेथ बेल, क्यासमिरो, मार्काे एसेन्सियो र टोनी क्रुस चोटबाट पुनरागमन गर्दै फिट हुने प्रयासमा छन् ।
यता, एट्लेटिकोले भने पछिल्लो पाँच खेलमा मिश्रित नतिजा निकालेको छ । ३ खेलमा जित हात पार्दा समान १–१ को हारको नतिजा निकालेको एट्लेटिको गत आइतबार रियल बेटिससँग अन्तिम समयमा गोल खादै १–० ले पराजित हुन पुगेको थियो ।
तर, यि दुई टोलीबीचको पछिल्लो १० खेलमा एट्लेटिको एक खेलमा मात्रै पराजित भएको छ । ५ खेलमा जित तथा ४ बराबरीको नतिजा छ । ला लिगामा भने एट्लेटिको घरेलु मैदानमा सन् २०१६ नोभेम्बर यता रियलसँग पराजित हुनुपरेको छैन ।
एट्लेटिकोले रियललाई पराजित गर्न सके शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी कम गर्नेछ । शीर्षस्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक रहेको छ । बार्सिलोनाले एथलेटिको बिल्वाओसँग सोमबार राति प्रतिस्पर्धा गर्दैछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]