default_image

7 years ago

February 9, 2019

भारतले इरानलाई हरायो, नेपाल पुछारमा

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत शनिबारको दोस्रो खेलमा खेलमा आयोजक राष्ट्र भारतले इरानलाई १-० ले पराजित गरेको छ ।

कालिंगा रंगशालामा भारतको लागि खेलको ४८ औं मिनेटमा अन्जु तामाङले गरेको गोल निर्णायक सावित भयो । यससँगै भारत प्रतियोगितामा ३ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा ३ अंकसहित नै म्यानमार रहेको छ । गोलअन्तरको आधारमा म्यानमार अगाडी रहेको हो ।

यसअघि शनिबारै भएको पहिलो खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो । नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल खाएको थियो । इरान र नेपाल दुवै अंकविहिन भएपनि गोलअन्तरको आधारमा नेपाल तालिकाको पुछारमा रहेको छ ।

नेपाली सावित्रा भण्डारी म्यानमारविरुद्ध भिड्दै

प्रतियोगिताअन्तर्गत सोमबार नेपालले दोस्रो खेलमा भारतको सामना गर्नेछ । त्यसै दिन पहिलो खेलमा म्यानमार र इरान पनि भिड्नेछन् । नेपाल दोस्रो खेलमा पराजित भए फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । भारत भने जितसँगै फाइनल पुग्ने सम्भावना बलियो पर्न चाहन्छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.