7 years ago
February 10, 2019
एजेन्सी – बोरुसिया डर्टमुण्डले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा ३-० को अग्रता लिनका बाबजुद अंक गुमाएको छ । होफेनहाइमविरुद्धको खेल ३-३ को बराबरीमा रोकिएपछि शीर्षस्थानमा पकड गुम्ने सम्भावना बढेको हो ।

डर्टमुण्डले खेलको ३२ औं मिनेटमा इंग्लिस खेलाडी जेडन सान्चोको गोलमा अग्रता लिएको थियो । लगत्तै ४३ औं मिनेटमा मारियो गोट्जेले अग्रता दोब्बर पारे । दोस्रो हाफको ६६ औं मिनेटमा राफेल गुरेरोले गोल गर्दै डर्टमुण्डलाई सहज जिततर्फ उन्मुख गराएका थिए ।
तर इसाक बेल्फोडिलले ७५ औं मिनेटमा गोल गर्दै अग्रता कम गरे । पाभेल काडेरबेकले ८३ औं मिनेट र बेल्फोडिलले खेल सकिन ३ मिनेट बाँकी रहँदा हेडर गोल गर्दै होफेनहाइमलाई खेलमा फर्काए । यस बराबरीसँगै डर्टमुण्डले शीर्ष स्थानमा अग्रता बढाउने मौका गुमायो ।
शीर्ष स्थानको डर्टमुण्डको २१ खेलमा ५० अंक रहेको छ । दोस्रो स्थानको बायर्नको २१ खेलमा ४५ अंक छ बहने तेस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकको ४२ अंक छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]