default_image

5 years ago

February 10, 2019

नेपोलीको बराबरीसँगै युभेन्ट्सलाई अग्रता बढाउने अवसर

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा फिओरेन्टिनाको घरेलु मैदानमा नेपोली गोलरहित बराबरीमा रोकिएको छ । फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले उत्कृष्ट प्रदर्शन गरेपछि नेपोली बराबरीमा रोकिएको हो । यससँगै नेपोलीले लगातार तेस्रो अवे खेलमा गोल गर्न चुकेको छ । यता फिओरेन्टिनाले भने लिगको २३ खेलमा ११ औं बराबरी खेलेको छ । यस बराबरीले […]

30 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा फिओरेन्टिनाको घरेलु मैदानमा नेपोली गोलरहित बराबरीमा रोकिएको छ ।

फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले उत्कृष्ट प्रदर्शन गरेपछि नेपोली बराबरीमा रोकिएको हो । यससँगै नेपोलीले लगातार तेस्रो अवे खेलमा गोल गर्न चुकेको छ । यता फिओरेन्टिनाले भने लिगको २३ खेलमा ११ औं बराबरी खेलेको छ ।

यस बराबरीले शीर्ष स्थानको युभेन्ट्सलाई भने फाइदा पुग्ने देखिन्छ । आइतबार सासुओलोविरुद्ध जित हात पारेको खण्डमा युभेले आफ्नो अग्रता दोहोरो अंकमा पुर्याउन सक्नेछ । युभेका लागि क्रिस्टियानो रोनाल्डो पछिल्लो समय निकै लयमा देखिएका छन् ।

लिगको २२ खेलमा युभेन्ट्सले ६० अंक जोडेको छ । यता नेपोलीले २३ हेल्म ५२ अंक हासिल गरेक छ । तेस्रो स्थानको इन्टर मिलान २३ खेलमा ४३ अंक जोड्न सफल भएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.