7 years ago
February 12, 2019
एजेन्सी – पछिल्लो एक महिनामा रियल म्याड्रिडले प्रदर्शन सुधार गर्दै लगातार एक माथि अर्को जितको नतिजा दर्ता गर्दै आएको छ ।

जनवरी ६ मा रियल सोसीडाडसँग घरेलु मैदानमा २-० ले पराजित भएको रियलले त्यसयता उत्कृष्ट लय देखाएको छ । उक्त हारपछि रियल बार्सिलोनाभन्दा १० अंक पछाडी रहेको थियो । पछिल्लो समय भने रियलले नतिजा आफ्नो पक्षमा पार्दै स्थिति बदलेको छ ।
शनिबार म्याड्रिड डर्बीमा एटलेटिकोलाई पराजित गर्दै रियल अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । कोपा डेल रेको पहिलो लेगमा बार्सिलोनालाई बराबरीमा रोक्दै फाइनल पुग्ने सम्भावनालाई पनि जिवितै राखेको छ । पछिल्लो १० खेलमा रियलले ८ जित, १ बराबर र १ हार बेहोरेको छ । त्यसमध्य बराबरी बार्सिलोनासँग कोपा डेल रेको पहिलो लेग र हार लेगानेसविरुद्ध कोपाकै दोस्रो लेगमा रहेको थियो ।
रियलले पछिल्लो समय राम्रो नतिजा हासिल गर्नुका केहि कारणहरु यसप्रकार छन् :
सान्टियागो सोलारीले लेफ्ट ब्याकमा अनुभवी मार्सेलोको स्थानमा सर्जियो रेगुलियनलाई मौका दिए । रेगुलियनले लगातार राम्रो प्रदर्शन गर्दै अहिले पहिलो रोजाइमा आफूलाई स्थापित गर्न सफल भएका छन् । रेगुलियनको लगातार राम्रो प्रदर्शन र सर्जियो रामोस, राफेल भाराने र क्यसेमिरोको प्रदर्शन सुधार हुनुले डिफेन्स बलियो भएको छ ।

सिजनको सुरुवातमा खस्केका लुका मोड्रीच र टोनी क्रुसले पनि नियमित रुपमा राम्रो खेल्न थालेका छन् । फरवार्ड करीम बेन्जेमाले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन देखाएका छन् । लगातार राम्रो नतिजाले टोलीको मनोबल पनि बढेको छ । प्रशिक्षक सोलारी पनि अझै बढीआत्माविश्वासी देखिएका छन् र टोलीको साथ पाउन थालेका छन् ।
प्रशिक्षक सोलारीले गरेका केहि परिवर्तनले रियलको नतिजा सुधार आउनुमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेलेको छ । रेगुलियनमाथि विश्वास देखाउनुले उनको प्रदर्शन सुध्रिनु त छँदै छ । मार्कोस लोरेन्टे र भिनिसियस जुनियरको उदयमा पनि सोलारीकै भूमिका रहेको छ । खेलाडीहरु चोटबाट फर्कने क्रम जारी छ र यो सिलसिलाले अझै निरन्तरता पाउने देखिन्छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]