default_image

7 years ago

February 13, 2019

बुढासुब्बा गोल्ड कप – दाउफिन्स एपिएफविरुद्ध खेल्दै

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एउटा प्रतियोयिगता खेल्ने स्वीकृति लिएर नेपाल आइपुगेको दाउफिन्स क्लब बुधबार चौथो प्रतियोगिता खेल्ने तयारीमा रहेको छ । यसै साता मनकामना केबुलकार पोखरा कपको उपाधि जितेको क्यामरुन क्लब भनिएको दाउफिन्सले आज धरानमा जारी बुढासुब्बा गोल्डकपमा नेपाल एपिएफ क्लबको सामना गर्दैछ ।

दाउफिन्सलाई नेपाल ल्याउन पहल गरेका व्यवस्थापक भनिएका सगुन तण्डुकारलाई टिम फर्काउन पत्रचार गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले हाम्रो खेलकुदलाई बताएका थिए । एन्फाको पत्राचारका वावजुद दाउफिन्स बुढासुब्बा खेल्ने तयारीमा छ ।

तर एन्फाका मनार्थ उपाध्यक्ष रहेको किशोर राईको अध्यक्षतामा रहेको धरान फुटबल क्लबले सञ्चालन गरिरहेको बुढासुब्बामा दाउफिन्स खेल्ने क्रममा छ । तीन प्रतियोगिता खेलिसकेको र एन्फाले पनि नखेलाउन कुनै पत्रचार नगरेकोले दाउफिन्सले आजको खेल खेल्ने धरान फुटबल क्लबका अध्यक्ष राईले हाम्रो खेलकुदलाई बताए ।

नेपालको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप खेल्ने स्वीकृति लिएको दाउफिन्सले त्यसपछि मदन भण्डारी इटहरी गोल्ड कप र त्यसपछि पोखरा कप खेलेको थियो । यसै साताबाट सुरु हुने तिलोत्तोमा गोल्डकपमा पनि दाउफिन्सको नाम खेल तालिकामा समावेश गरिएको छ ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.