default_image

7 years ago

February 13, 2019

ओलम्पिक छनोटः नेपालको समूहमा फेरी भारत र म्यानमार

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल प्रतियोगिताको छनोटको दोस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ ।

एसियाली फुटबल महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल छनोट चरणको दोस्रो राउन्डमा समूह ‘ए’ मा परेको हो । नेपालसँगै समूह ‘ए’ मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया रहेका छन् ।

दोस्रो चरणको खेल अप्रिल १ देखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा आयोजक म्यानमारसँग खेल्दै दोस्रो चरणको शुरुवात गर्नेछ । त्यसपछि नेपालले दोस्रो खेलमा भारत र तेस्रो खेलमा इन्डोनेसियाको सामना गर्नेछ ।

छनोटको अन्य दुई समूहमा पनि ४-४ टोली रहेका छन् । समूह ‘बी’ मा हङकङ, जोर्डन, भिएतनाम र आयोजक उज्बेकिस्तान रहेका छन् । समूह ‘सी’ मा भने इरान, फिलिपिन्स, चाइनिज टाइपेइ र आयोजक प्यालेस्टाइनले प्रतिस्पर्धा गर्नेछन् । प्रत्यक समूह शीर्ष टोलीले तेस्रो चरणका लागि छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने तीन टोलीले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्डसँग अन्तिम दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । जापान आयोजकका रुपमा छनोट भइसकेको छ ।

नेपाल गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा समूहको उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा स्थान बनाएको थियो । छनोटमा अपराजित रहेको नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोली हाल भारतमा जारी हिरो गोल्डकपमा व्यस्त छ । अर्को महिना नेपालमै आयोजना हुने पाँचौ महिला साफ फुटबल च्याम्पियनसिपको तयारीका लागि भारतमा चलिरहेको हिरो गोल्डकपमा नेपालले सहभागिता जनाएको हो ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.