7 years ago
February 14, 2019
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा बुधबार बोरुसिया डर्टमुन्डलाई ३-० ले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पाहुना टोली डर्टमुन्डले केहि दबाब सिर्जना गरेपनि पाएको अवसर सदुपयोग गर्न सकेन । टोटेनहमले पहिलो हाफमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा भने टोटेनहमले खेलमा बलियो पकड बनायो ।
दोस्रो हाफको सुरुवाती समयमै दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गरे । उनले जान भर्टोन्घनको क्रसमा उत्कृष्ट हाफ भलिमा गोल गरेका थिए । ८३ औं मिनेटमा भर्टोन्घन आफैंले गोल गरे । उनले सर्ज औरियरको क्रसलाई पहिलो टचमा नै गोलको दिशा देखाएका थिए ।
खेलको ४ मिनेट समय बाँकी रहँदा वेम्बलीमा घरेलु टोलीले तेस्रो गोल थप्यो । क्रिस्टियन एरिक्सनको कर्नरमा वैकल्पिक खेलाडी फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे । दोस्रो लेगको खेल डर्टमुन्डको घरेलु मैदानमा ५ मार्चमा हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]