default_image

7 years ago

February 19, 2019

पर्सिजामा रोहितको माग

163 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्ताले माग गरेको छ । नयाँ सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै अर्का खेलाडी लिएपनि क्लबले अहिले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।

गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । पर्सिजाले नयाँ सिजनका लागि प्रशिक्षक परिवर्तन गरेसँगै रोहितलाई पनि नयाँ सम्झौता दिएको थिएन । इभान कोलेभले जिम्मेवारी सम्हालेपछि क्लबले ल्याएको उज्बेकिस्तानका मिडफिल्डर जाहोनगिर अब्दुमुमिनोभले अपेक्षित प्रदर्शन गर्न नसकेपछि क्लबले रोहितलाई बोलाउने निर्णय गरेको बुझिएको छ । रोहित बिहिबार इन्डोनेसिया प्रस्थान गर्दैछन् ।

पर्सिजाका प्रमुख कार्यकारी अधिकृत फेरी पौलुसले इन्डोनेसियाको संचारमाध्यमसँग बोल्दै रोहितलाई बोलाएको पक्का गरेका छन् । ‘ हाम्रो अनुबन्धनबारे यकिन रुपमा समझदारी हुन बाँकी छ । उनले क्लबमा आबद्ध हुने पक्का गरिसकेका छन् । उनले उज्बेकी मिडफिल्डरको स्थान लिने पक्का भएको छ,’ उनले बताए । पर्सिजाले रोहितलाई एएफसी कपको टोलीमा समावेश गर्ने पनि उनले पक्का गरे ।

रोहितको पर्सिजामा आबद्धतालाई उनकै एजेन्ट रतन मुस्तिकाबाट पनि पक्का भएको बुझिएको छ । रोहितले सिजनको अन्त्यपछि नेपालमै रहेर केहि समय बिताउँदै आएका थिए । पर्सिजाको समर्थकमाझ निकै लोकप्रिय रहेका रोहितको बहिर्गमनले क्लब निकै आलोचित हुँदै आएको थियो । समर्थकहरुले रोहितलाई फिर्ता बोलाउन क्लबलाई सामाजिक संजालमार्फत दबाब पनि दिएका थिए ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.