7 years ago
February 20, 2019
दीपक न्यौपाने, बुटवल
मोफसलको चर्चित क्लब झापा-११ फुटबल क्लबलाई ५-० ले पराजित गर्दै दाउफिन्स फुटबल क्लब २१ औं तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा १-० को अग्रता लिएको दाउफिन्सले दोस्रो हाफमा ४ गोल थपेको थियो । खेलको २६ औं मिनेटमा यानिकले दाउफिन्सलाई अग्रता दिलाएका थिए । पछिल्लो दुई प्रतियोगितामा उपाधि जितेको दाउफिन्स उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।
दोस्रो हाफको सुरुवातमै टेंगाले दाउफिन्सको अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा निसले गोल गर्दै ३-० को अग्रता दिलाए । त्यसको दुई मिनेटमा नै डीडर टिनाले झापालाई लज्जास्पद हारतर्फ डोर्याए । खेलको ८८ औं मिनेटमा बीइकले गोल गर्दै फराकिलो जित पक्का गरे । बीइक खेलको म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।
यस जितसँगै दाउफिन्सले सेमिफाइनलमा आयोजक रुपन्देही-११ सँगफाइनल भिडन्त पनि पक्का गरेको छ । बिहीबार च्यासल युवा क्लब र मनाङ मर्स्याङदी क्लबबीच खेल हुनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]