7 years ago
February 21, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडले युभेन्टसलाई २-० ले पराजित गरेको छ ।

एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बलमा पकड बनाउँदै सुरुवाती अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको हो । गोलरहित सकिएको पहिलो हाफ पछी एट्लेटिकोले दोस्रो हाफमा दुवै गोल गरेको थियो ।
खेलको ७८ अौं मिनेटमा जोसे जिमिनेजले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको ५ मिनेटमा नै कप्तान डिएगो गोडिनले गोल गर्दै अग्रता दोब्बर पारे । उनको प्रहार रोनाल्डोलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि अल्भारो मोराटले खेल बराबरीमा रहँदा गरेको गोेल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएको थिएन ।
यस नतिजासँगै एटलेटिकोले घरेलु मैदानमा यूईएफए च्याम्पियन्स लिगको नकअाउट खेलमा अपराजित यात्रा कायमै राखेको छ । युभेन्टसले एटलेटिकोविरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्न सकेको छैन । दोस्रो लेग मार्च १२ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]