7 years ago
February 21, 2019
दीपक न्यौपाने, बुटबल
‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउदै ललितपुरको भ्याली च्यासल युथ क्लब २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले मनाङलाई १–० पराजित गर्दै अन्तिमा चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दोस्रो हाफमा एकमात्र निर्णायक गोल अर्मान्ड मोएनले गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातदेखि नै च्यासलले मनाङलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुमै च्यासलले फ्रिकिक पाएको थियो ।
४९औं मिनेटमा हेमन्त थापामगरको फ्रिकिकमा अर्मान्डले हेडमार्फत गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि स्टार खेलाडलिे भरिएको मनाङले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।
यता, च्यासलले लिएको अग्रता अन्तिमसम्म जोगाइराख्न सफल भयो । अन्तिम १० मिनेट मनाङले च्यासललाई दवावमा राखेपनि गोलरक्षक दिनेश थापामगरले उत्कृष्ट प्रदर्शन गर्दै मनाङलाई निराश पारिदिए ।
उनले सुजल श्रेष्ठ, आफिज ओलावाले, अजिज, भिक्टर, शिव श्रेष्ठको प्रहारलाई लगातार विफल पारिदिए । इन्ज्युरी समयमा प्राप्त फ्रिकिकलाई मनाङले सदुपयोग गर्न सकेन । करिव ३० यार्डमा प्राप्त फ्रिकिकलाई प्रकाश बुढाथोकीले प्रहार गरेपनि पोलमा लाग्दै फर्किएको थियो ।
च्यासलका गोलरक्षक दिनेश थापामगर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार पाए । च्यासलले अब सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबसँग शनिबार खेल्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबार आयोजक लाली रुपन्देही–११ र डाफिन्स परिवार क्यामरुनबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]