7 years ago
February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको पारो फुटबल क्लबले नेपालको रुस्लान थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै जिग्मे दोर्जी वाङचुक गोल्डकपको उपाधि जितेको छ ।

खेलको ७३ औं मिनेटमा पारोका कप्तान चेन्चोले कर्नरमा आएको पासलाई हेडरमार्फत गोल गर्दै पारोलाई अग्रता दिलाएका थिए । थ्री स्टारले त्यसपछि लगातार आक्रमण बुनेपनि गोल फर्काउन नसक्दा पराजय भोगेको हो । पारोबाट नेपाली यू-१९ राष्ट्रिय टोलीका गोलरक्षक एवं कप्तान अर्पण कार्कीले उत्कृष्ट प्रदर्शन गरे ।
थ्री स्टारले ब्रदर्श युनाइटेडलाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पारोले नेपालको त्रिभुवन आर्मी क्लबलाई १-० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]