7 years ago
March 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस सेन्ट जर्मेन (पीएसजी) को घरेलु मैदानमा सानदार जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-० ले पराजित भएको युनाइटेड बुधबार ३-१ को जित दर्ता गर्दै अवे गोलको आधारमा अर्को चरणमा प्रवेश गरेको हो ।

मार्कस रासफर्डले खेलको दोस्रो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि युनाइटेडको जित पक्का भएको थियो । डिओगो डालोटले प्रहार गरेको सट प्रेस्नेल किम्पेम्बेको हातमा लागेर फर्केपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को साहारा लिँदै युनाइटेडलाई पेनाल्टी दिएका थिए ।
युनाइटेडले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै जितको आशा जगाएको थियो । रोमेलु लुकाकुले थिलो केहररको गल्तीको फाइदा उठाउँदै युनाइटेडलाई अगाडी बढाए । १२ अौं मिनेटमा जुअान बर्नाटले किलियन एमबाप्पेको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । तर लुकाकुले ३० अौं मिनेटमा अर्को गोल थपे । रासफर्डले लामो दुरीबाट गरेको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले फुस्काएपछि लुकाकुले त्यसमा गोल गरे ।
च्याम्पियन्स लिगको इतिहासमा घरेलु लेगमा भएको पहिलो लेगमा २-० वा सोभन्दा पछाडी परेर अर्को चरण पुगेको यो पहिलो अवसर हो । रासफर्डले युनाइटेडका लागि प्रतिसपर्धात्मक खेलमा पहिलो पेनाल्टी लिँदै युनाइटेडको जितमा नायक बने ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]