7 years ago
March 9, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना नै इटालियन क्लब युभेन्टसले सिरी ए अन्तर्गत शुक्रबार उडीनेजेलाई ४-१ ले पराजित गरेको छ ।

युभेन्टसको जितमा टिनएज खेलाडी मोइस किनले दुई गोल गरे । खेलको ११ औं मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले युभेलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा उनले एकल प्रयासमा गोल गर्दै युभेको अग्रता दोब्बर पारे । पहिलो हाफमा पूर्ण दवाव कायम गरेको साविक विजेता युभेले दोस्रो हाफमा पनि त्यसलाई निरन्तरता दियो ।
किनले नै ६६ औं मिनेटमा युभेन्टसको लागि पेनाल्टी प्राप्त गरे । इक्त पेनाल्टीलाई एमरे च्यानले गोलमा परिणत गर्दै जिततर्फ लम्काए । ब्लेस माटुइडीले ७१ औं मिनेटमा हेडरमार्फत गोल गरेपछि युभेको अपराजित यात्रा कायम रहने पक्का भएको थियो । उडीनेजेका लागि खेलको ६ मिनेट समय बाँकी रहँदा केभीन लासाग्नाले सान्तवना गोल गरे ।
रोनाल्डोले यस सिजन पहिलो पटक युभेन्टसको लागि विश्राम पाएका हुन् । सन् २०११ यता सबै लिग उपाधि जितेको युभेले अपराजित यात्रा कायम गर्दै लिगको शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको छ । युभेले अब मंगलबार च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको दोस्रो लेगको खेलमा एटलेटिको म्याड्रिडको सामना गर्नेछ । पहिलो लेगमा युभे २-० ले पराजित भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]