default_image

7 years ago

March 10, 2019

डर्टमन्डलाई पछि पार्दै बायर्न शीर्षस्थानमा

153 views

0 Bookmark

म्युनिख (एजेन्सी) – वल्सवर्गमाथि आर्धा दर्जन गोल गर्दै साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

बायर्नले घरेलु मैदानमा वल्सवर्गमाथि ६–० को फराकिलो जित निकाल्दै बुन्डेस लिगाको शीर्षस्थानमा फर्किएको हो । बायर्ननले बोरुसिया डर्टमन्डलाई गोलअन्तरमा पछि पारेको हो । समान २५ खेलबाट समान ५७ अंक भएपनि बायर्न गोल अन्तरमा अघि बढेको हो ।

बायर्नको फराकिलो जितमा रोबर्टाे लिवान्डोस्कीले दुई तथा सर्जि जिनाव्री, हामेस रोड्रिग्वेज, थोमस मुलर र जोसुवा किम्मिचले समान १ गोल गरे । बायर्नले पहिलो हाफमा २–० को अग्रता बनाउदा दोस्रो हाफमा थप चार गोल गर्न सफल भएको थियो ।

३४औं मिनेटमा जिनाब्रीको गोलबाट बायर्न अघि बढेको थियो । ३७औं मिनेटमा रोबर्टाे लिवान्डोस्कीले अग्रता दोब्बर बनायो । ५२औं मिनेटमा हामेसले गोल थप्दा बायर्न ३–० ले अघि बढ्यो ।

एकपक्षीय बनेको खेलको ७६औं मिनेटमा थोमस मुलरले गोल थपे । ८२औं मिनेटमा किम्मिचले गोल गर्दा बायर्नले ५–० को अग्रता बनायो । ८५औं मिनेटमा रोबार्टाेले व्यक्तिगत दोस्रो तथा टिमका लाथि छैटौ गोल गर्दै बायर्नलाई ६–० को फराकिलो जित दिलाए ।

शनिबारै भएको अर्काे खेलमा बोरुसिया डर्टमन्डले भिएफबी स्टुटगार्डमाथि ३–१ को जित निकालेपनि शीर्ष स्थानमा रहन सकेन ।

बोरुसियाको जितमा मार्काे रिउस, फ्रान्सिस्को अल्कासेर र क्रिस्टियन पुलिसिकले गोल गरे । स्टुगार्डका मार्क ओलिभर किम्फले एक गोल फर्काए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.