7 years ago
March 9, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम साउथह्याम्टनसँग स्तब्ध बनेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा टोटेनहम साउथह्याम्टनसँग २–१ ले स्तब्ध बनेको हो ।

साउथह्याम्टनको घरेलु मैदानमा टोटेनहमले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा स्तब्ध बन्न पुग्यो । ह्यारी केनको गोलबाट टोटेनहम खेलको २६औं मिनेटमा अघि बढेको थियो । केनले डेल अलीको पासलाई गोलमा परिणत गरेको थियो ।
७६औं मिनेटमा घरेलु टोलीका यान भालेरीले बराबरी गोल फर्काए । ८१औं मिनेटमा जेम्स वार्ड प्रोसले गोल गर्दै साउगह्याम्टनलाई २–१ ले अघि बढायो । खेलमा पछि परेपछि टोटेनहमले खेलमा फर्कने प्रयास गरेपनि सफल नुहदा स्तब्ध बन्न पुग्यो ।
हारसँगै टोटेनहमले शीर्षस्थानको म्यानचेस्टर सिटी र लिभरपुलसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । पराजित टोटेनहम ३० खेलबाट ६१ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । साउथह्याम्टन ३० खेलबाटै ३० अंक जोडेर रेलिगेसन जोनभन्दा दुईस्थान माथि १६औं स्थानमा रहेको छ ।
प्रिमियर लिगको अन्य खेलको नतिजा
क्रिस्टल प्यालेस विरुद्ध ब्राइटन (१–२)
हडर्स फिल्ड विरुद्ध बर्नमाउथ (०–२)
न्यु क्यासल विरुद्ध एभर्टन (३–२)
लेस्टर विरुद्ध फुलहम (३–१)
कार्डिफ विरुद्ध वेस्टह्याम (२–०)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]