7 years ago
March 18, 2019
एजेन्सी – कप्तान लिओनेल मेसीले सानदार ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसलाई ४-१ ले पराजित गरेको छ । यससँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता कायम गरेको छ ।

मेसीले खेलको १८ औं मिनेटमा झन्डै २० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले प्रहार गरेको फ्रिकिक गोलरक्षक पाउ लोपेजले ठम्याएपनि त्यहाँसम्म पुग्न भने सकेनन् । पहिलो हाफको इन्ज्युरी समयमा मेसीले लुइस सुआरेजको ब्याकहिल पासलाई आफ्नो खुट्टाको टुप्पोले प्रहार गर्दो दोस्रो गोल गरे । सुआरेजको ब्याकहिल पासले तीन डिफेन्डर बिट भएका थिए ।
दोस्रो हाफको ६३ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै स्कोर ३-० को स्थितिमा ल्याए । बेटिसका लोरेन मोरोनले ८२ औं मिनेटमा एक गोल फर्काए । तर मेसीले त्यसको तीन मिनेटमा नै गोल गर्दै ला लिगामा आफ्नो व्यक्तिगत ३३ औं ह्याट्रिक पूरा गरे । मेसीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले गोलरक्षक लोपेजलाई छक्याउँदै पोस्टको दिशा लिएको थियो ।
यस जितसँगै बार्सिलोनाले २८ खेलमा ६६ अंक जोडेको छ । एटलेटिको म्याड्रिडले २८ खेलमा ५६ तथा रियल म्याड्रिड २८ खेलमा ५४ अंक जोडेर शीर्ष तीनमा अटाएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]