default_image

5 years ago

March 18, 2019

हामेसको ह्याट्रिकमा बायर्नको फराकिलो जित

एजेन्सी – हामेस रोड्रिग्वेजको ह्याट्रिक मद्दतमा जर्मन च्याम्पियन बायर्न म्युनिखले मेन्जमाथि गोलको वर्षा गरेको छ । हामसेसको ह्याट्रिकसँगै घरेलु टोली बायर्नले मेन्जमाथि ६–० को फराकिलो जित निकालेको हो ।बायर्नका रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान र अलफोन्सो डेभिजले समान १ गोल गरे । एकपक्षीय खेलमा बायर्नले पहिलो र दोस्रो हाफमा समान ३ गोल गरे । खेलको तेस्रो […]

36 views

0 Bookmark

एजेन्सी – हामेस रोड्रिग्वेजको ह्याट्रिक मद्दतमा जर्मन च्याम्पियन बायर्न म्युनिखले मेन्जमाथि गोलको वर्षा गरेको छ ।

हामसेसको ह्याट्रिकसँगै घरेलु टोली बायर्नले मेन्जमाथि ६–० को फराकिलो जित निकालेको हो ।
बायर्नका रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान र अलफोन्सो डेभिजले समान १ गोल गरे । एकपक्षीय खेलमा बायर्नले पहिलो र दोस्रो हाफमा समान ३ गोल गरे ।

खेलको तेस्रो मिनेटमै रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो । ३३औं मिनेटमा हामेसले गोल गर्दै अग्रता दोब्बर बनायो । ३९औं मिनेटमा किङ्सलेले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनायो ।

दोस्रो हाफमा पनि बायर्नले गोल गर्ने क्रमलाई रोकेन । खेलको ५१औं मिनेटमा हामेसले गोल गर्दै खेललाई ४–० को अवस्थामा ल्याए । त्यसको ४ मिनेटपछि अर्थाथ ५५औं मिनेटमा हामेसले अर्काे गोल गर्दै ह्याट्रिक पुरा गरेपनि बायर्न ५–० ले अघि बढ्यो । ७२औं मिनेटमा अलफन्सोले गोल गर्दै बायर्नलाई ६–० को फराकिलो जित दिलाए ।

जितसँगै बायर्न पुनः बुन्डेस लिगाको शीर्षस्थानमा फर्किएको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई गोल अन्तरमा पछि पारेको हो । दुवै टोलीको समान खेलबाट ६० अंक रहेको छ । मेन्ज ३० अंकसहति १३औं स्थानमा छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.