7 years ago
March 23, 2019
एजेन्सी – यूरो कप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीका मिड्फिल्डर रहिम स्टर्लिङ्गको ह्याट्रिकको मद्दतले इंग्ल्याण्डले चेक रिपब्लिकलाई ५-० ले पराजित गरेको छ ।

घरेलु टोली इंग्ल्याण्डका लागि स्टर्लिङ्गले २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा चेकका डिफेन्डरद्वय काडरबेक र कलासले स्टर्लिङ्गलाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ह्यारी केनले घरेलु टोलीको अग्रता दोब्बर गरे ।
दोस्रो हाफमा स्टर्लिङ्गले ५३ औं र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। चेकका टोमस कलासले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि इंग्ल्याण्डलाई पाँचौ सफलता मिल्यो ।
समूहकै अर्को खेलमा बुल्गेरिया र मोण्टेनगरोले १-१ को बराबरी खेले ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]