7 years ago
March 23, 2019
एजेन्सी – विश्वकप पछि पहिलो पटक राष्ट्रका लागि खेलेका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले पहिलो खेलमा गोल गर्न सकेनन् । दुवै रोनाल्डो र मेस्सीले पुरै ९० मिनेट खेलेका थिए ।

विश्वकप अन्तर्गत अन्तिम १६ को खेल पराजित भएयता दुवै अर्जेन्टिनी मेस्सी र पोर्चुगेली रोनाल्डोले राष्ट्रका लागि अन्य खेल खेलेका थिएनन् ।
यूरो कप छनोट अन्तर्गत रोनाल्डोको पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा सिमित रह्यो भने मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीको अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भयो । भेनेजुएला फिफा वरियतामा अर्जेन्टिना भन्दा २१ स्थान तल छ ।
भेनेजुएलाले सलोमन रोण्डोनको ६ मिनेटको गोल तथा जोन मुरिलोको ४४ औं मिनेटको गोलमा पहिलो हाफमा दुई गोलको अग्रता लियो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि हुवान फोयेथले पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जोसेफ मार्टिनेजले भेनेजुएलाको जित सुनिश्चित गरे ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]