default_image

7 years ago

March 23, 2019

साफ उपविजेता टोलीलाई एन्फाले १ लाख रुपैयाँ प्रदान गर्ने

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाँचौ महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जनही १ लाख रुपैयाँले सम्मान गर्ने भएको छ ।

विराटनगरमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो । शनिबार विराटनगरमै भएको एन्फाको वार्षिक साधारण सभाले महिला टोलीलाई १ लाख रुपैयाँले सम्मान गर्ने निर्णय गरेको हो । यस्तै प्रदेश १ सरकारले जनही १ लाख र विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेकोमा एन्फाले दुवै पक्षलाई धन्यवाद पनि दिएको छ । एन्फाले प्रतियोगिता भव्यरुपमा सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

साधारण सभाले २०७४/७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गर्दै २०७५/७६ का लागि प्रस्तावित २३ करोड ७४ लाख ५० हजार रुपैयाँको बजेटमा छलफल गर्दै परिमार्जनसहित स्वीकृत गरेको छ । सभाले खोटाङ, नवलपुर र मनाङ जिल्लामा फुटबल संघ गठन गर्दै एक वर्षका लागि पर्यवेक्षण गर्ने रुपमा अस्थायी सदस्यता प्रदान गरेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.