7 years ago
March 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय फुृटबल टोलीले आज राति दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई खेलको लागि कुवेत रहेको नेपाली टोलीले पहिलो खेलमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो मैत्रीपुर्ण खेल कुवेतस्थित रंगशालामा आज राति ९ बजेपछि प्रतिस्पर्धा हुदैछ ।
नेपाली टोलीका स्वीडिस प्रशिक्षक योहान कालिनले पहिलो पहिलो खेलको प्रदर्शनलाई नै निरन्तरता दिनका लागि मैदानमा उत्रने बताएका छन् ।
‘कुवेत हामीविरुद्ध आक्रामक अबस्थामा रहने छ । त्यसैले हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो । अघिल्लो खेलमा जस्तै संयमित भएर प्रदर्शन गर्ने छौं, प्रशिक्षक कालिनले भने, ‘हाम्रो लक्ष्य कम्तीमा बराबरी खेल्ने हो । टिममा धेरै बदलाव हुने छैन् । खेलाडीले मिहेनत गरेका छन् । पहिलो खेलले आत्माविश्वास बढेको छ । जसले गर्दा दोस्रो खेलमा पनि सकरात्मक नतिजा आउनेमा म विश्वस्त छु ।’

यता, नेपाली टिमका कप्तान विराज महर्जनले कुवेत हामी भन्दा बलियो टिम रहेपनि उसलाई हामी पनि कम होइनौं भन्ने कुरा देखाएका बताउदै रोक्नकै लागि खेल्ने बताएका छन् ।
‘दोस्रो खेलमा पनि हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं । सबै खेलाडीहरुले आफ्नो तर्पmबाट सक्दो प्रयास गर्नेछौं,’ कप्तान महर्जनले भने, ‘पहिलो खेलमा कुवेतलाई बराबरीमा रोकेकाले सोहि लयलाई निरन्तरता दिनकै लागि हामी मैदानमा उत्रने छौं ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]