default_image

7 years ago

March 25, 2019

कुवेतविरुद्ध दुई परिवर्तन, आशिषलाई डेब्यु

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेलका लागि प्रशिक्षक योहान कालीनले टोलीमा दुई परिवर्तन गरेका छन् ।

पहिलो खेलमा अग्रपंक्ति सम्हालेका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामा पहिलो रोजाईमा परेका छन् । आशिषको यो राष्ट्रिय टोलीबाट डेब्यु पनि हो । विमल भने पछिल्लो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेपछि पहिलो रोजाइमा उत्रँदै छन् ।

नेपाल एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका आशिष पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । कुवेतविरुद्ध पहिलो खेलमा नेपालले गोलरहित बराबरी खेल्दा आशिषले मैदान प्रवेश गर्ने मौका पाएका थिएनन् । उक्त खेलमा नेपालका लागि ५ खेलाडीले डेब्यु गरेका थिए । आजको खेलमा आशिषले डेब्यु गर्ने भएसँगै अब टोलीमा रहेका ६ खेलाडीले यस टुरमा डेब्यु गर्ने भएका छन् ।

नेपाल र कुवेतको खेल नेपाली समयानुसार रातको ९:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । गोलरक्षक किरण चेम्जोङले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । आजको खेलमा उनले नै गोलपोस्ट सम्हाल्नेछन् । डिफेन्समा रञ्‍जित धिमाल, अजित भण्डारी, देवेन्द्र तामाङ र कप्तना विराज महर्जन रहनेछन् ।

मिडफिल्डमा रोहित चन्द र विक्रम लामासँगै सुजल श्रेष्ठ र सुमन लामा हुनेछन् । विमल राना र आशिष लामाको जोडीले नेपालको फरवार्ड लाइन सम्हाल्नेछन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.