7 years ago
March 26, 2019
एजेन्सी – युरोपेली च्याम्पियनसिपको छनोट चरण अन्तर्गत सोमबारको खेलमा पोर्चुगल र सर्बिया १-१ को बराबरीमा रोकिएका छन् ।

खेलको सातौं मिनेटमा सर्बियाले डुसान टाडीचको गोलमा अग्रता लिएको थियो । तर ४२ औं मिनेटमा ड्यानिलो परेराले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसअघि पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोलाई चोटका कारण गुमाएको थियो ।
रोनाल्डो खेलको ३१ औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । बलतर्फ कुद्ने क्रममा रोनाल्डोको ह्यामस्ट्रीङमा समस्या आएपछि उनले मैदान छाडेका थिए । उनले शुक्रबार भएको युक्रेनविरुद्ध गोलरहित बराबरीमा पुरै ९० मिनेट खेलेका थिए ।
फिफा विश्वकपपछि अघिल्लो सातामात्र राष्ट्रिय टोलीमा फर्केका रोनाल्डो दोस्रो खेलमा नै चोट बोक्दै विश्राममा पुगेका छन् । ३४ वर्षीय युभेन्ट्स फरवार्डले अब कम्तिमा डेढ साता विश्राम गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी च्याम्पियन्स लिगमा आयाक्सविरुद्धको खेलका लागि उपलब्ध हुनेछन् ।
छनोट अन्तर्गत समूह ‘बी’ को अन्य खेलमा युक्रेनले लक्जेमबर्गलाई २-१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]