7 years ago
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टोकीयो ओलम्पिक २०२० अन्तर्गत एसिया छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ पहिलो खेलमा नेपालले बुधबार आयोजक म्यानमारको सामना गर्दैछ । नेपालसँगै समूह ‘ए’ मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया रहेका छन् ।

पछिल्लो समय नेपाल र म्यानमारले एक आपसमा तीन पटक खेलेका छन् । पहिलो चरणमा म्यानमारलाई १-१ को बराबरीमा रोकेको नेपालले त्यसपछि हिरो गोल्डकपमा भने दुवै खेल गुमाएको थियो । दोस्रो चरणको छनोटबाट एक टोली मात्र अगाडी बढ्ने हुनाले यस खेललाई निकै महत्त्वका साथ हेरिएको छ । पहिलो खेलमा पराजित भएमा दोस्रो चरण पुग्ने सम्भावना न्यून हुनेछ ।
छनोटको अन्य दुई समूहमा पनि ४-४ टोली रहेका छन् । समूह ‘बी’ मा हङकङ, जोर्डन, भिएतनाम र आयोजक उज्बेकिस्तान रहेका छन् । समूह ‘सी’ मा भने इरान, फिलिपिन्स, चाइनिज टाइपेइ र आयोजक प्यालेस्टाइनले प्रतिस्पर्धा गर्नेछन् । प्रत्यक समूह शीर्ष टोलीले तेस्रो चरणका लागि छनोट हुनेछन् ।
तेस्रो चरणमा छनोट हुने तीन टोलीले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्डसँग अन्तिम दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । जापान आयोजकका रुपमा छनोट भइसकेको छ ।
नेपाल गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा समूहको उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा स्थान बनाएको थियो । छनोटमा अपराजित रहेको नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ को बराबरी खेलेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]