default_image

7 years ago

April 11, 2019

च्याम्पियन्स लिग र अद्भुत रोनाल्डो!

184 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको युभेन्टस र आयाक्सबीचको क्वाटरफाइनलको पहिलो लेग १-१ को बराबरीमा सकियो । उक्त खेलमा युभेन्टसका लागि चोटबाट फर्किएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

३४ वर्षीय रोनाल्डोले च्याम्पियन्स लिगमा टोलीलाई आवश्यक परेको बेलामा गोल गर्ने आफ्नो नियमित कार्यलाई बुधबार पनि निरन्तरता दिए । सन् २००८ को च्याम्पियन्स लिग फाइनलमा चेल्सीविरुद्ध अग्रता दिलाउने होस् या पछिल्लो सिजन युभेन्टसविरुद्ध जित पक्का गर्न नै होस् । रोनाल्डोले च्याम्पियन्स लिगमा बेग्लै पहिचान बनाएका छन् ।

अझ विशेष भन्नुपर्छ, रोनाल्डोले प्रतियोगिताको मुख्य पाटोमा गोल गर्ने बेग्लै कीर्तिमान कायम गरेका छन् । क्वाटरफाइनल, सेमीफाइनल र फाइनलमा मात्र रोनाल्डोले ४१ गोल गरेका छन् । यो गोल संख्या अन्य खेलाडीको तुलनामा एकदम धेरै हो । उनले फाइनलमा मात्र ३ गोल गरेका छन् ।

रोनाल्डोले क्वाटरफाइनल चरणका २१ खेलमा २४ गोल गरेका छन् । सेमिफाइनल चरणमा १४ गोल गरेका रोनाल्डोले उपाधि भिडन्तमा ३ पटक गोल गरेका छन् । मेसीको तुलनामा रोनाल्डोले २५ गोल बढी गरेका छन् । समग्रमा उनले नकआउट चरणमा आफ्नो गोलसंख्या ६४ पुर्याएका छन् । मेसीले भने नकआउट चरणमा ४२ गोल गरेका छन् । त्यसपछि सुचिमा बायर्न म्युनिखका थोमस मुलर २१ गोल गरेका छन् । रोनाल्डो एक्लैले दोस्रो र तेस्रो स्थानमा रहेका खेलाडीको कुल गोल्संख्यभन्दा बढी गोल गरेका छन् ।

च्याम्पियन्स लिगको गोलसंख्यामा पनि रोनाल्डो शीर्ष स्थानमा नै छन् । उनले १ सय २५ गोल गर्दा दोस्रो स्थानमा रहेका मेसीले १ सय ८ गोल गर्दै उनलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका राउलको ७१ गोल छ ।

नकआउट चरणमा क्लबहरुसँग तुलना गर्ने हो भनेपनि रोनाल्डो अगाडी छन् । रोनाल्डोले ६३ गोल गर्दा इंग्लिस क्लब आर्सनलले ५३ तथा लिभरपुलले ४९ गोल मात्र गर्न सकेका छन् । मेसीले ४२ गोल गर्दा डर्टमुन्ड, पीएसजी र पोर्टोले समान ३८ तथा एटलेटिको म्याड्रिड, इन्टर मिलान र एएस मोनाकोले ३३ गोलमात्र गरेका छन् ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.