7 years ago
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरण खेलेर बिहीबार स्वदेश फर्केको छ । म्यानमारमा छनोटका ३ खेल खेल्दै नेपाली टोली फर्केको हो ।

चार टोलीको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गरेको थियो । आयोजक म्यानमार ओलम्पिक तेस्रो चरणका लागि छनोट भएको छ । नेपालले खेलेका तीन मध्ये २ मा हार र एकमा जित हिसिल गरेको थियो ।
आयोजक म्यानमार र भारतसँग पराजित नेपाली टोलीले इन्डोनेसियामाथि भने जित दर्ता गराएको थियो । इन्डोनेसियालाई २–१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । राष्ट्रिय टोलीलाई उनको गोलसँख्या २८ पुगेको छ ।
नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको सुचिमा उनी दोस्रो नम्बरमा छिन् । पहिलो नम्बरमा राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामा रहेकी छिन् । उनको नाममा ३५ गोल छ । छनोटका सुरुवाती दुई खेलमा नेपाल म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो । यसै महिना विराटनगरमा भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल भारतसँग ३–१ ले नै पराजित भएको थियो ।
महिला टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेकोको महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]