7 years ago
April 11, 2019
म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले गेराथ बेलका एजेन्ट जोनाथन बर्नेटलाई आउने समरमा उनलाई विक्रि गर्न लागेको जानकारी गराएको छ । यद्दपी क्लबले उनको सम्मानका लागि आफु जान चाहेको कुनै क्लब छ भने त्यसका लागि क्लबले सहज वातावरण बनाउने बताएको छ ।

दोस्रो पटक क्लबको प्रशिक्षण सम्हालेका जिनेदिन जिदानले समर ट्रान्सफर विन्डोमा झन्डै ५ सय मिलियन युरो खर्च गर्ने योजना बनाइरहेको बताइएको छ । त्यसैले रियलका निर्देशक एन्जेल सान्चेज र बेलका एजेन्ट बर्नेट र लुइस अलोन्सोबीच उनको भविष्यका विषयमा सोमबार छलफल भएको थियो ।
सो भेटमा सान्चेजले बर्नेट र अलोन्सोलाई बेललाई उनको राम्रो व्यवहार र समपर्णकाका लागि धन्यवाद पनि दिएका थिए । सोहि बैठकमा स्पेनिस क्लबले बेलले क्लब रोज्ने विकल्प दिएको छ । बेलले केहि सर्त राखेपछि रियल उनलाई विक्री गर्ने मनस्थितिमा पुगेको बताइएको छ । बर्नेटले यदि क्लबले बेललाई राख्न चाहेको खण्डमा १ सय ७५ मिलियन पाउन्ड तिर्नुपर्ने र हरेक वर्ष पारिश्रमिकमा १९ मिलियन बढ्नुपर्ने सर्त राखेका थिए ।
पछिल्लो समय बायर्न म्युनिखले पनि बेललाई लामो सम्झौतामा भित्राउन चाहेको बताइएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले पनि उनीमाथि चासो राखेको छ । रियल पुगेयता बेलले २ सय २७ खेल खेल्दै १ सय २ गोल गरेका छन् भने ६३ एसिस्ट गरेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]