7 years ago
April 22, 2019
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले अर्काे सिजन पनि पीएसजीमै रहने बताएका छन् ।

लिग वानमा मोनाकोलाई ३–१ ले पराजित गर्दै पीएसजीलाई लिग च्याम्पियन बनाएसँगै एमबाप्पेले आफू अर्काे सिजन पनि पीएसजीमै रहने बताएका हुन् । मोनाकोविरुद्ध एमबाप्पेले ह्याट्रिक पुरा गरेका थिए ।
पीएसजीलाई च्याम्पियन बनाएसँगै अब कता भन्ने मिडियाको प्रश्नमा एमबाप्पेले भने, ‘म पिएसजीमै रहनेछु ।’ एमबाप्पे मोनाकोमा रहँदै स्पेनिस क्लब रियल म्याड्रिडले उनलाई अनुबन्ध गर्ने प्रयास थालेको थियो । तर, उनी पीएसजीतर्फ लागेका थिए ।

रियलमा पुनः जिनेदिन जिदान फर्किएपछि एमबाप्पेसहति अन्य खेलाडीहरुलाई रियलले अनुबन्ध गर्ने प्रयास सुरु गरेको थियो । सुपरस्टार रोनाल्डोले सिजनको सुरुमै रियल छाडेपछि रियल निकै कमजोर देखिएको छ । रियलले यो सिजन खराव प्रदर्शन गरेपछि रियल पुरै टिम बनाउने तयारीमा छ ।
२० वर्षीय युवा फरवार्ड एमबाप्पे लिग वानमा ३० गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा छन् । ‘ हो म पीएसजी मै पक्का रहनेछु,’ क्यानल प्लसको अन्र्तवार्तामा एमबाप्पेले भने, ‘म पीएसजीको परियोजनामा छु । रियल मड्रिड निकै राम्रो टोली हो । किनकी उनीसँग जिनेदिन जिदानजस्ता उत्कृष्ट प्रशिक्षक छन् । म रियलको हरेक खेल हेर्ने गरेको छु । तर अहिले मेरो भविष्य पीएसजीमै छ । ’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]