7 years ago
April 23, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सी बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सीको ३५ खेलबाट ६७ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको पनि समान ६७ अंक रहेको छ ।
प्रिमियर लिग उत्तरार्धमा रहँदा शीर्ष चारका लागि टोटेनहम, चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेडबीच चरम प्रतिस्पर्धा हुने भएको छ । चेल्सीबाहेक अन्य तीन टोलीले चार खेल खेल्न बाँकी छ । लिभरपुल र म्यानचेस्टर सिटी शीर्ष दुई मा रहेको छ ।

खेलको आठौं मिनेटमा जेफ हेन्डरिकले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १२औं मिनेटमा इडेन हजार्डको पासमा एङ्गोलो कान्टेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसको दुई मिनेट पछि नै गोन्जलो हिगुआइनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । तर, २४औं मिनेटमा एस्ले बार्नेसले गोल गरेपछि पहिलो हाफमा २–२ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले ६७ प्रतिशत बल पोजेसन राखेपनि जित निकाल्न सकेन । चेल्सीले दोस्रो हाफमा बर्नलीको बलियो रक्षापङ्ति तोड्न सकेन । चेल्सीलाई बराबरीमा रोकेको बर्नलीको ४० अंक जोडेर १५औं स्थानमा छ ।
शीर्ष चारका लागि प्रतिस्पर्धा
टोटेनहम – (६७ अंक –तेस्रो स्थान)
खेल्न बाँकी– ब्राइटन, वेस्टह्याम, बर्नमाउथ र एभर्टन
चेल्सी – (६७ अंक – चौथो स्थान)
खेल्न बाँकी – म्यानचेस्टर युनाइटेड, वाटफोर्ड र लेस्टर सिटी
आर्सनल – (६६ अंक–पाँचौ स्थान)
खेल्न बाँकी – वल्भ्स, लेस्टर सिटी, ब्राइटन र बर्नली
म्यानचेस्टर युनाइटेड – (६४ अंक–छैटौ स्थान)
खेल्न बाँकी – म्यानचेस्टर सिटी, चेल्सी, हडर्सफिल्ड र कार्र्डिफ
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]