default_image

7 years ago

April 24, 2019

ब्राइटनमाथि टोटेनहमको कठिन जित

160 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा क्रिस्टियन इरिक्सनको गोलको मद्दतमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनलाई १–० ले पराजित गरेको छ ।

टोटेनहमले घरेलु मैदान टोटेनहम हस्टपर मैदानमा मंगलबार राति भएको खेलमा ७८ प्रतिशत बल पोजेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । इरिक्सनले ८८औं मिनेटमा डेल अलीको पासमा गोल गरेका थिए । त्यही गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो ।

जितसँगै टोटेनहमले अर्काे सिजनको च्याम्पियन लिगको लागि स्थान थप मजवुत बनाएको छ । टोटेनहम ३५ खेलबाट ७० अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रिमियर लिगमा टोटेनहमसँगै चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेडको शीर्ष चारका लागि प्रतिस्पर्धामा छ । चेल्सी (६७), आर्सनल (६६) र म्यानचेस्टर युनाइटेडको (६४) अंक रहेको छ ।

लिभरपुल (८८) र म्यानचेस्टर सिटी (८६) अंकसहित पहिलो र दोस्रो स्थानमा छ । ब्राइटन ३४ अंकसहित १७औं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.