7 years ago
April 24, 2019
एजेन्सी – आयरल्यान्ड तथा साउथह्याम्टनका फरवार्ड सेन लङ इंग्लिस प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन्।

प्रिमियर लिग अन्तरगत मंगलबार राति वाटफोर्डविरुद्धको खेलमा लङले ७ सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
यसभन्दा अघि यो कीर्तिमान टोटेनहमका पुर्व डिफेन्डर लिड्ले किङको नाममा रहेको थियो । सन् २००० मा लिड्ले किङले ब्राडफोर्डविरुद्ध १० सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा छिटो गोल गर्ने कीर्तिमान बनाएका थिए ।

वाटफोर्डका जेरार्ड डेउलोफिऊले सुरुवाती बल क्रेइग काथकार्टलाई दिएको थियो । उनले बललाई क्लियर गर्न खोज्दा सेन लङले भेटाएपछि प्राप्त बललाई गोलरक्षक विन फोस्टरलाई जिल्याउदै गोल गरेका थिए ।
खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । इन्ज्युरी समयमा एन्ड्रे ग्रेले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै वाटफोर्ड ५० अंकसँगै सातौ स्थानमा तथा साउथह्याम्पटन ३७ अंक जोडेर १६औं स्थानमा छ ।

प्रिमियर लिगमा सर्वाधिक छिटो गोल
सेन लङ (७.६९ सेकेन्ड), वाटफोर्डविरुद्ध साउथह्याम्पटन–२०१९ (१–१)
लेड्ले किङ (९.६९ सेकेन्ड), ब्राटफोर्डविरुद्ध टोटेनहम –२००० (३–३)
एलन सेरर (१०.५२ सेकेन्ड), न्यु क्यासलविरुद्ध म्यानचेस्टर सिटी–२००३ (२–०)
क्रिस्टियन इरिक्सन (१०.५४ सेकेन्ड), टोटेनहमविरुद्ध म्यानचेस्टर युनाइटेड –२०१७ (२–०)
मार्क भिडुका (११.९० सेकेन्ड), चार्लटन विरुद्ध लिड्स –२००१ (१–२)
डिविट योर्क (१२.१६ सेकेन्ड), कोभेन्ट्री विरुद्ध एस्टन भिल्ला– १९९५ (०–३)
क्रिस सुटन (१२.९४ सेकेन्ड), एभर्टन विरुद्ध ब्ल्याकबर्न –१९९५ (१–२)
केभिन नोलान (१३.४८ सेकेन्ड), ब्ल्याकबर्न विरुद्ध बोल्टन –२००४ (३–४)
जेम्स बिटटि (१३.५२ सेकेन्ड), चेल्सी विरुद्ध साउथह्याम्पटन –२००४ (२–१)
एस्मिर बेजोभिक १३.६४ सेकेन्ड), स्टोकविरुद्ध साउथह्याम्पटन – २०१३ (१–१)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]