default_image

7 years ago

April 25, 2019

म्यानचेस्टर डर्वीमा सिटीको जित, उपाधि होड रोमाञ्चक

140 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर डर्वी भिडन्तमा सिटीले बाजी मारेपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि उसकै मैदानमा २–० को जित निकालेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो । जितसँगै सिटीको ३५ खेलबाट ८९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सिटीले दोस्रो स्थानको लिभरपुललाई एक अंकले पछि पारेको हो । लिभरपुलको समान खेलबाट ८८ अंक छ ।

सिटीसँगको हारपछि म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । म्यानचेस्टर ३५ खेलबाट ६४ अंक जोडेर छैटौ स्थानमा छ ।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड बुधबार राति भएको खेलमा पाहुना टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

५४औं मिनेटमा बर्नाडो सिल्भाले इकेए गुन्डोगानको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६६औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

प्रिमियर लिगमा अब तीन चरणको खेल बाँकी रहँदा सिटी र लिभरपुल उपाधि दौडमा उभिएको हो । दुवै टोलीले बाँकी तीन खेल जिते सिटी च्याम्पियन बन्नेछ । लिभरपुल च्याम्पियन बन्न सिटीले अंक गुमाउनु पर्नेछ ।

सिटीले बर्नली, लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ । लिभरपुलले हडर्सफिल्ड, न्यु क्यासल र वल्भ्ससँग खेल्न बाँकी छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.