default_image

7 years ago

April 25, 2019

वल्भ्ससँग आर्सनलको लज्जास्पद हार

154 views

0 Bookmark

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा आर्सनल घरेलु टोलीसँग ३–१ को लज्जास्पद हार बेहोरेको हो ।

आर्सनलाई लज्जास्पद हार चखाउन रुवेन नेभेस, माट डोहर्टी र डिएगो जोटाले गोल गरे । आर्सनलका सोक्रेटिसले सान्त्वाना गोल फर्काए । घरेलु टोलीलाई दवावमा राखेपनि आर्सनलले गोल खान पुगेको थियो ।

२८औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३७औं मिनेटमा माट डोहर्टीले गोल गर्द २–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा डिएगो जोटाले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

८०औं मिनेटमा सोक्रेटिसले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत दिएपनि त्यो गोल खेलमा फर्कन निकै ढिला भएको थियो ।

हारसँगै आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । आर्सनलको ३५ खेलबाट ६६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चौथो स्थानमा रहेको चेल्सीको ६७ अंक रहेको छ । आर्सनललाई पराजित गरेको वल्भ्स ५१ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.