default_image

7 years ago

April 25, 2019

लेवान्डोस्कीको दुई गोलसँगै बायर्न फाइनलमा

132 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरेपछि साविकको विजेता बायर्न म्युनिखले वेरडर ब्रेमेनलाई पराजित गर्दै जर्मन कपको फाइनलमा प्रवेश गरेको छ ।

बायर्नले वेरडर ब्रेमेनमाथि ३–२ को को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै उपाधिनजिक पुगेको हो । बायर्नको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल थपे । वेरडरका युया ओसाको र मिलोट रासिकाले समान एक गोल गरे ।

खेलको ३६औं मिनेटमा रोबर्टले गोल गर्दै बायर्नलाई खेलमा अग्रता दिलाए । ६३औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–० ले अघि बढाए । दुई मिनेटको अन्तरमा वेरडरले दुई गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

वेरडरका युया ओसाको र मिलोटले दुई मिनेटको अन्तरमा दुई गोल गरेका थिए । तर, ८०औं मिनेटमा रोबर्टले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई ३–२ को रोमाञ्चक जित दिलाए । बायर्नले उपाधिका लागि २६ मे मा आरबी लेपिजिजसँग प्रतिस्पर्धा गर्नेछ । आरबी लेपिजिजले ह्यामवर्गर एसभीलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षिगत गरेको थियो ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.