7 years ago
April 25, 2019
काँकडभिटा (हाम्रो खेलकुद) – विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबसँग दुई गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा काँकडभित्ताले ४–२ को जित दर्ता गरेको छ । टाइब्रेकरमा आयोजक काँकडभिटाका निरज बस्नेत, पुजन उपरकोटी, विकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विइक विइकले गोल गरेका थिए । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्स पहिलो खेलबाटै बाहिरिएको हो ।
त्यसअघि काँकडभिटा माविको खेल मैदानमा बिहीबार भएको खेलमा दाउफिन्सका ओगेन जुनियरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । मेसुकेको कडा प्रहार आयोजकका गोलरक्षक किशोर गिरीले पञ्च गरेर बचाएपनि रिवाउन्डमा जुनियरले गोल गरे । २०औं मिनेटमा जुनियरले नै गोल गर्दै अग्रता दोब्बर बनाए । अनमार्क रहेका जुनियरले एकल प्रयासबाट गरेको प्रहार आयोजकका गोलक्षक गिरीले जोगाउन सकेनन् ।
सुरुमै २–० ले पछि परेपनि आयोजकले २१औं मिनेटमा नगेन तामाङले गोल गर्दै आयोजकलाई खेलमा फर्काउने संकेत दिएका थिए । दाउफिन्सका खेलाडी बिट भइसकेको अवस्थामा अनमार्क रहेका तामाङले गरेको प्रहारले पोष्टको जाली चुमेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा नगेनले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । दाउफिन्सका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई तामाङले पोष्टको दिशा दिएका थिए ।
नगेन तामाङ खेलको म्यान अफ दि म्याच घोषित हुदै ११ हजार रुपैयाँ पाए । शुक्रबार धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाडौबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]