default_image

7 years ago

April 26, 2019

रियाल गेटाफेसँग रोकियो

149 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियाल म्याड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । ला लिगा अन्तरगत बिहीबार राति भएको खेलमा रियाल गेटाफेसँग निराशजनक गोलरहित बराबरीमा रोकिएको हो ।

रियाललाई बराबरीमा रोक्न गेटाफेका गोलरक्षक डेभिड सोरियाले उच्च प्रदर्शन गरे । खेलभर नै गेटाफेलाई रियालले दवावमा राख्न सफल भएपनि रियालले गोल गर्न असफल बन्यो ।

बराबरीसँगै रियाल शीर्षस्थानको बार्सिलोनासँग १५ अंकले तथा दोस्रो स्थानको शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग ६ अंकले पछि पर्दै तेस्रो स्थानमा यथावत छ ।

रियालको ३४ खेलबाट ६५ अंक रहेको छ । समान खेलबाट बार्सिलोनाको ८० तथा एट्लेटिकोको ७१ अंक छ । रियाललाई बराबरीमा रोक्न सफल गेटाफे ५५ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

ला लिगा अन्तरगत अन्य खेलका नतिजाहरु
इस्पान्योल विरुद्ध सेल्टा डि भिगो (१–१)
लेगानेस विरुद्ध एथ्लेटिको विल्वाओ (०–१)
लेभान्टे विरुद्ध रियल बेटिस (४–०)
सेभिया विरुद्ध रायो भालेकानो (५–०)

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.