default_image

7 years ago

April 26, 2019

दोस्रो रोज बहिनी चन्द्रागिरी गोल्डकप आइतबारदेखि, ८ टोलीको सहभागिता

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता यही आइतबारदेखि सुरु हुने भएको छ ।

आयोजक दीपशिखा युवा समूहले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको दोस्रो संस्करण १५ बैशाखबाट २२ बैशाखसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितालाई रोज बहिनी सृजनशील समाजले मुख्य प्रायोजन गरेको छ । सम्झौतामा क्लबका अध्यूक्ष रवि बुढाथोकी र रोज बसिहनीका संरक्षक माधव प्रसाद भण्डारीले हस्ताक्षरस गरे । प्रायोजनबापत नव बहिनीले प्रतियोगितालाई १० लाख रुपैया हस्तान्तरण गर्नेछ । यस्तै चन्द्रागिरी नगरपालिकाले ६ लाख रुपैया सहयोग गरेको छ । गोल्डकपको कुल बजेट करिव ४५ लाख रुपैया रहेको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै जाउलाखेल युथ क्लब, आयोजक दीपशिखा युवा समुह, सरस्वती युथ क्लब, फ्रेन्डस् क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक तथा पुर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले चन्द्रागिरी गोल्डकप चन्द्रागिरी नगरपालिकाको सबैको गोल्डकप बनाउने उद्देश्य रहेको बताए ।

उनले अघिल्लो वर्ष ब्राइट युथ क्लबले आयोजना गरेको र यो वर्ष दीपशिखा युवा समूहले आयोजना गर्न लागेको बताउदै चन्द्रागिरी गोल्डकप आयोजना गर्न चन्द्रागिरी नगरपालिका भित्रका सबै क्लबलाई खुल्ला रहेको बताए । यस्तो हुन सके चन्द्रागिरी गोल्डकप एउटै क्लबको मात्रै नभई सम्पुर्ण चन्द्रागिरी नगरपालिकाको हुने संयोजक बुढाथोकीले थपे ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिका १३ स्थित पुरानो नैकापको खेल मैदानमा हुनेछ । प्रतियोगिताको पहिलो संस्करणको विजेता हिमालयन शेर्पा क्लब हो । फ्रेन्डस् उपविजेता बनेको थियो ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.