7 years ago
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग खेल्दैछ । उक्त खेलका लागि राष्ट्रिय टोलीका ५ खेलाडीसहित सुरुवाती ११ पनि घोषणा भएको छ ।

अष्ट्रेलियाविरुद्ध गोलरक्षकमा अन्जना रानामगर खेल्नेछिन् । डिफेन्समा रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, पुजा राना र विमला विक रहेका छन् । मिडफिल्डमा कप्तान सरु लिम्बू, मनीषा राउत, मन्जलीकुमारी योन्जन र सविता रानामगर छन् । आक्रमणको जिम्मेवारी रेखा पौडेल र रश्मीकुमारी घिसिङ छन् ।
खेल म्यानमारको मन्डलेस्थित मन्डालाथिरी स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ३:१५ बजेपछि सुरु हुनेछ । दोस्रो चरणको खेलका लागि नेपाली युथ टोली दुई महिना लामो प्रशिक्षण र त्यसपछि चीनमा दुई मैत्रीपुर्ण खेलसँगै प्रशिक्षण गर्दै म्यानमार पुगेको हो ।
नेपालले चीन भ्रमणको दुई मैत्रीपुर्ण खेल खेलेको थियो । छेन्दु प्रान्तको टोलीसँग पहिलो खेलमा ३–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा १–१ को बराबरी खेलेको थियो ।
नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले चीन प्रस्थान गर्नुअघि टिमको तयारी राम्रो रहेका कारण अष्ट्रेलिया भन्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका थिए । उनले उमेर समूहमा वरीयताले खासै प्रभाव पार्ने बताउँदै समूहका सबै टोलीविरुद्ध आक्रमक फुटबल खेल्दै टोली जितका लागि मानसिक र शारीरिक रुपमा तयार रहेकोसमेत बताएका थिए । कप्तान सरू लिम्बुले टोलीमा रहेको समन्वयले राम्रो प्रदर्शन गर्ने बताएकी थिइन् ।
फिफा वरीयतामा अष्ट्रेलिया छैंटौ तथा नेपाल १०३औं स्थानमा छन् । समुह ‘ए’ मा नेपालले २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समुह ‘बी’ मा दक्षिण कोरिया, भियतनाम, इरान र लेबनाम छन् ।
हरेक समूहका शीर्ष दुई टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछन् । आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् ।
नेपालले गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उपविजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भएको थियो । पहिलो चरणमा भारतमाथि २–० र पाकिस्तानमाथि ९–० को जित निकालेको नेपाल घरेलु टोली थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।
नेपाली टोलीः सरु लिम्बु (कप्तान), अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।
मुख्य प्रशिक्षकः हरिओम श्रेष्ठ
प्रशिक्षकः प्रकाश वैद्य
गोलरक्षक प्रशिक्षकः अस्मिता खवास
टिम म्यानेजरः जमुना गुरुङ
फिजियोः नवीना श्रेष्ठ
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]