default_image

7 years ago

April 27, 2019

फराकिलो जितसँगै लिभरपुल शीर्षस्थानमा

127 views

0 Bookmark

एजेन्सी – हडर्सफिल्डमाथि फराकिलो जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । लिभरपुलको ३६ खेलबाट ९१ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ । शीर्ष दुई टोलीको लगातारको जितले प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

प्रिमियर लिगमा च्याम्पियन बन्न लिभरपुललाई शतप्रतिशत जितको आवश्यकता रहँदा सिटीले अंक गुमाउनु पर्ने हुन्छ । शतप्रतिशत जित निकाले सिटी च्याम्पियन बन्नेछ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले शुक्रबार राति भएको खेलम हडर्सफिल्डलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाह र साडियो मानेले समान २–२ तथा नेवी केइटाले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै नेवी केइटाको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गरेका थिए । २३औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा अर्नाेल्डको पासमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।

६६औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लाथि चौथो गोल गर्दा लिभरपुल फराकिलो जितर्फ अग्रसर बन्यो । ८३औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै लिभरपुललाई ५–० को फरासकलो जित दिलाए ।

३६औं राउन्डमा सिटीले बर्नलीसँग आइतबार प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जित हात पारे सिटी पुनः शीर्षस्थानमा उक्लनेछ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.