default_image

7 years ago

April 27, 2019

नेयमारलाई तीन खेलको प्रतिबन्ध

107 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारलाई यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको छ ।

युइएफएले नेयमारलाई युरोपेली प्रतियोगितामा लागु हुने गरी ३ खेलको प्रतिबन्ध सुनाएको हो । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि नेयमारले सामाजिक सन्जाल इन्स्टाग्राममा रेफ्रीविरुद्ध नकारात्मक टिप्पणी गरेका थिए ।

नेयमारले विशेषगरी खेलको अन्तिम समयमा म्यानचेस्टर युनाइटेडले भिएआरबाट पाएको पेनाल्टीको विषयमा टिप्पणी गरेका थिए । त्यसैमा प्राप्त पेनाल्टीमा मार्कस् रासफोर्डले गोल गर्दैै पिएसजीलाई प्रि–क्वाटरफाइनलबाट बाहिर पठाएका थिए ।

चोटका कारण नेयमार म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा उपस्थित थिएनन् । नेयमारले म्यानचेस्टर युनाइटेडविरुद्धको प्रि–क्वाटरफाइनलमा प्याराफिटमा बसेर खेल हेरेका थिए ।
यससँगै नेयमारले अर्काे सिजनको समूह चरणको सुरुवाती तीन खेल गुमाउनेछन् ।

पीएसजी फ्रेन्च लिग वान च्याम्पियन बन्दै अर्काे सिजनको च्याम्पियन्स लिगको लागि छनोट भैसकेको छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.