7 years ago
May 19, 2019
पोर्टो (एजेन्सी)– पोर्टोका गोलकिपर इकर कासिलासले तत्काल फुटबलबाट सन्यास लिने कुनै योजना भएको बताएका छन् । हृदयघातपछि उनले फुटबलबाट सन्यास लिने अनुमान गरिएको थियो ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट ७ सय २५ खेल खेलेका कासिलास हृदयघातका कारण पछिल्लो महिना अस्पताल भर्ना भएका थिए । विश्व कप विजेताले फुटबलबाट सन्यास लिने अनुमान गरिरहँदा उनले शुक्रबार ट्विट गर्दै तत्काल सन्यासको सोच नरहेको बताएका छन् ।
‘एक दिन सन्यास लिनु पर्दछ । त्यो समय आएपछि म घोषणा गर्नेछु,’ उनले भने,‘ अहिलेका लागि त्यस्तो केहि छैन । मैले डाक्टरसँग पनि परामर्श गरे । सबै चिज ठिक छ । यो सबै भन्दा खुसीको कुरा म सबैसँग बाड्न चाहन्छु ।’
अस्पताल भर्ना भएको पाँच दिनपछि उनी घर फर्केका थिए । त्यति बेला धेरैले उनले फुटबलबाट अलगिने निर्णय लिने अनुमान गरेका थिए । उनले अस्पतालबाट फर्केने बेला भनेका थिए,‘ भविष्यमा के हुन्छ म भन्न सक्दिन । अहिले म एकदमै सहज महसुस गरिरहेको छु । म केहि साता वा केहि महिना आराम गर्नुेछु । ‘
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]