default_image

7 years ago

May 18, 2019

नेयमार ब्राजिलको कप्तान बन्नेमा शंका

161 views

0 Bookmark

एजेन्सी – ब्राजिलले कोपा अमेरिकाको लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोली कप्तानको नाम भने सार्वजनिक गरेको छैन । रुसमा सम्पन्न विश्वकपमा टोलीको कप्तानी नेयमारले पनि गरेका थिए । त्यसयता पनि प्रशिक्षक टिटेले लगातार खेलमा कप्तान परिवर्तन गर्दै आएका छन् ।

टोली घोषणा गर्ने क्रममा टिटेले नेयमारलाई कप्तानी दिने नदिने विषयमा प्रष्ट पार्न चाहेनन् । ‘नेयमारले गल्ति गरेका छन् । म उनीसंग यस विषयमा छलफल गर्नेछु । यस विषयमा उनको व्यक्तिगत राय बुझेर मात्र मेरो धारणा प्रस्तुत हुनेछ,’ टिटेले भने । विश्वकपका दौरान नेयमारको प्रदर्शनलाई लिएर टिटे खुसी देखिएका थिएनन् ।

नेयमारले भने आफू राष्ट्रिय टोलीको कत्पन बन्ने इच्छा जाहेर गरेका छन् । उनले घरेलु मैदानमा ब्राजिललाई कोपा अमेरिकाको उपाधि दिलाउन इच्छुक रहेको बताएका छन् । यद्दपी टिटेले कप्तानीको विषयमा अहिले नै निर्णय दिएका छैनन् । ब्राजिलका दिग्गज खेलाडी जे रोबर्टोले भने नेयमारलाई कप्तान बनाउन नहुने अभिव्यक्ति दिएका छन् ।

टिटेले खेलाडी छनोट गर्ने क्रममा युवा खेलाडीहरुलाई चेतावनी पनि दिएका छन् । उनले नेयमारसहितलाई लक्षित गर्दै प्रतियोगितामा खेल्दा ब्राजिलको टोलीबाट निकै अनुशासन र जिम्मेवारी रहने बताएका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.