7 years ago
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई सदस्य सम्मिलित सेथु फुटबल क्लब इन्डियन वुमन्स लिग (आईडब्लूएल)को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न लिगको अन्तिम खेलमा सेथुले बरोडा फुटबल एकेडेमीलाई ७-० ले पराजित गर्दै लिगमा शत प्रतिशत नतिजा कायम गर्यो ।

लिगमा लगतार पाँचौ जित दर्ता गर्ने क्रममा सेथुका लागि सन्ध्याले ४ गोल गर्दा आशालता देवी, इन्धुमथी कासिरेथान र रतनबाला देवीले १-१ गोल गरे । नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सुरुवाती रोजाईमा रहेपनि गोल गर्न भने सकिनन् । अर्की नेपाली खेलाडी अनिता बस्नेत भने बेन्चमा रहेकी थिइन् । सावित्राले यसअघि लिगका चारै खेलमा गोल गरेकी थिइन् ।
सेथुले लिगको ५ खेलमा ५ जित दर्ता गर्दै लिगको शीर्ष स्थानमा रहेर सेमिफाइनल यात्रा तय गरेको हो । यसक्रममा टोलीले ३४ गोल गर्दै ४ गोल मात्र खाएको छ । यस समूहबाट मणिपुर पुलिस स्पोर्ट्स क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो । अर्को समूहबाट गोकुलम केरला शीर्षस्थान र सेन्ट्रल एसएसबी वुमन्स दोस्रो स्थानमा रहे ।
सेथुले अब फाइनल प्रवेशका निम्ति सोमबार सेन्ट्रल एसएसबीको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]