default_image

7 years ago

May 18, 2019

शाही महासचिव र श्रेष्ठ कोषाध्यक्ष मनोनित

127 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– निर्वाचन भएको झन्डै १६ महिनापछि अखिल नेपाल फुटबल प्रशिक्षक संघको कार्यसमितिले पूर्णता पाएको छ ।

विनोद लामाको अध्यक्षमा शनिबार पोखरामा बसेको बैठकले सर्वसम्मतमा महासचिव र कोषाध्यक्ष मनोनयन गरेसँगै संघको १५ सदस्यीय कार्यसमितिले पूर्णता पाएको हो । महासचिवमा राष्ट्रिय फुटबल टोलीका उप कप्तान समेत रहेका राजेश खड्गी र कोषाध्यक्षमा पूर्व खेलाडी एवंम् प्रशिक्षक उर्जन श्रेष्ठ मनोनित भएका हुन् ।

संघको निर्वाचन २०७४ माघ २३ गते भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको प्रशिक्षकसँगको कार्यकाल पनि ४ वर्षको हुने गर्दछ । प्रशिक्षक संघबाट एक जनाले एन्फाको साधारण सभामा मतअधिकार प्राप्त गर्नेछन् ।

शाही २०५३ सालदेखि फुटबलमा आबद्ध भएका थिए । हाल बी डिभिजन क्लबमा रहेको आरसिटीबाट व्यवासायिक फुटबल खेल्न सुरु गरेको शाहीले लामो समय सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबमा बिताएका थिए । त्यसपछि उनी रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका थिए । मनाङ र थ्री स्टारमामा उनले समान ६ वर्ष खेले । २०६४ मा रुपक स्मृति पुरस्कार जितेका खड्गी एएफसी ‘सी’ लाइसेन्स उतिर्ण गरेका छन् ।

त्यस्तै श्रेष्ठ लामो समय थ्री स्टारमा रहे । उनले थ्री स्टारबाट दुई पटक ए डिभिजन लिग उपाधि जितेका थिए । उनी एएफसी ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । कार्यसमिति बैठकले संघको कोष बृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको संघका अध्यक्ष लामाले बताए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.