default_image

7 years ago

May 18, 2019

प्रतिबन्ध फुकुवा भए चेल्सीले नेरेसलाई अनुबन्ध प्रयास गर्ने

135 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीलाई फिफाले दुई विन्डोको लागि खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धविरुद्ध चेल्सीले कोर्ट अफ आर्विटेसन फर स्पोर्टस् (सिएएस) मा अपिल गरिरहेको छ ।

यो अपिलमा सफलता हात पारे चेल्सीले आयाक्सका युवा स्टार ब्राजिली डेभिड नेरेसलाई क्लबमा अनुबन्ध गर्ने प्रक्रिया अघि बढाउने योजना बनाएको छ ।

खेलाडी अनुबन्धमा प्रतिबन्ध हुन अगावै चेल्सीले जर्मन क्लब फ्रान्कफर्टका लुका जोभिकलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, जोभिक स्पेनिस क्लब रियल म्याड्रिडमा जाने पक्का भएपछि चेल्सीले आयाक्सका नेरेसलाई क्लबमा अनुबन्ध गर्ने योजना बनाएको हो ।

यसै विन्टरमा लोनमा ल्याएका अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइनलाई युभेन्टस पठाउने निर्णय गरेसँगै चेल्सी नयाँ फरवार्डको खोजीमा छ । नेरेससँग चेल्सीले डिफेन्डर डेभिड लुइजको माध्यमबाट सकरात्मक सम्बन्ध बनाइरहेको छ ।

नेरेसलाई अनुबन्ध गर्न पीएसजी, लिभरपुल र आर्सनल पनि दौड धुपमा छन् । २२ वर्षीए नेरेसको मुल्य ४० मिलियन पाउन्ड तोकिएको छ । नेरेसकै उच्च प्रदर्शनमा आयाक्सले डच लिग र डच कोपा कप जित्नुका साथै च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

च्याम्पियनस लिगको प्रि–क्वाटरफाइनलमा रियल म्याड्रिडलाई दोस्रो लेगमा ४–१ ले पराजित गर्दा नेरेसले उच्च प्रदर्शन गरेका थिए । २२ वर्षीय नेरेसले यो सिजन आयाक्सका लागि ४२ खेलमा १० गोल गर्न सफल भएका छन् ।

चेल्सीले अझै एक सिजन ओलिभर जिरुडलाई क्लबमै राख्ने निर्णय गरेको छ । क्रिस्टियन पुलिसिक यसै सिजन क्लबमा फर्कदैछन्। उनलाई हजार्डको विकल्पमा अघि सारिएको छ । हजार्ड म्याड्रिड जाने तयारीमा छ । ट्यामी अब्राहम, मासन माउन्टलगायत लोन सकाउँदै चेल्सी फर्कंदैछन् । लोनमै एट्लेटिको मड्रिड पुगेका अल्भेरो मोराटा त्यही रहनेछन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.